राप्रपाले हिन्दु राष्ट्रका पक्षमा फागुन ७ देखि देशभर आन्दोलन गर्ने - Akhabaronline
मुख्य खबरसमाचार

राप्रपाले हिन्दु राष्ट्रका पक्षमा फागुन ७ देखि देशभर आन्दोलन गर्ने

काठमाडौं १० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीलेले फागुनको दोश्रो साताबाट हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि आन्दोलन गर्ने भएको छ । राप्रपाका अध्यक्ष कमल थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशभर आन्दोलन गर्ने घोषणा गरेका हुन्।

आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन रहेको पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा आयोजित एक धार्मिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो आन्दोलनमा सहभागी हुन सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहरुलाई पनि आह्वान गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको राष्ट्रिय पहिचानका लागि हिन्दु राष्ट्र पुर्नस्थापना हुर्नैपर्ने दावी गर्दै आएको छ। अध्यक्ष थापाले मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि पनि हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको दोहोर्‍याए।

Related Articles

Back to top button