मुख्य खबर
राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान
काठमाडौ २१ कात्र्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छिन् ।
विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर (डब्लूपीएल) को आयोजनामा आइसल्याण्डमा नोभेम्बर ८ देखि १० सम्म आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिनका लागि सोमबार राष्ट्रपति भण्डारी त्यस तर्पm प्रस्थान गरेकी हुन ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विदाइ गरे ।
डब्लूपीएलले प्रदान गर्ने डब्लूपीएल ट्राइलब्लेजर अवार्ड यसपर्ष राष्ट्रपति भण्डारीले पाउँदै छिन् । राष्ट्रपति भण्डारीले अवार्ड ग्रहणसँगै मन्तव्य राख्ने कार्यक्रम पनि छ ।
उनी नोभेम्बर १२ मा स्वदेश फर्कने छिन् ।