राष्ट्रपति रामचन्द्र पौडेलद्धारा भोटो जात्रा अवलोकन - Akhabaronline
मुख्य खबरसमाचार

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा भोटो जात्रा अवलोकन

काठमाडौँ, ११ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत भोटो अवलोकन गरेका छन्। जात्रामा भोटो हेर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेल पुगेका थिए।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन्। त्यस अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे। उनले जीवित देवी कुमारीको दर्शन पनि गरे।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ। भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए। भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो।

 

Related Articles

Back to top button