काठमाडौ १६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्यलाई नियुक्त गरेकी छन । संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई सोमबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यलयले जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शाक्यलाई राष्ट्रपति भण्डारीले राजदूत नियुक्ति गरेकी हुन्।