राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
काठमाडौं २७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्या भण्डारीले मल्यार्पण गरेकी छन । राष्ट्रपति भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन।
राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन्। त्यस अवसरमा उहाँलाई नेपाली सेनाले सलामी समेत अपर्ण गरेको थियो।
समारोहमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरु पनि सहभागी भएका थिए। समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो। यसैबीच, समारोहमा सहभागी भएका सर्वसाधारणहरुले पृथ्वीनारायण शाहकै योगदानका कारण नेपाली भएर रहन पाएकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=4Q7gtHFgv_c