राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलालाई पितृ शोक - Akhabaronline
Highlightसमाचार

राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलालाई पितृ शोक

काठमाडौं १३ पुस । नेपाली राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक परेको छ। व्याकुलका पिता मानबहादुर राईको ७१ वर्षको उमेरमा ओखलढुङ्गा जिल्लाको हिलेपानीमा बिहीबार राति १ बजे निधन भएको हो।

उनी केही वर्षदेखि हेमाटोमा र मधुमेह रोगबाट पीडित रहेको परिवारले जनाएको छ। ‘२० वर्षसम्म स्थायी शिक्षण सेवा गरी निवृत्त जीवन कालमा गाविस अध्यक्ष र जिल्ला विकास सदस्य भई जीवनभर समाज र राष्ट्रको सेवामा क्रियाशील हुनुभयो’, पितालाई श्रद्धाञ्जली दिँदै व्याकुलले फेसबुकमा स्ट्याटस लेखेका छन्।

Related Articles

Back to top button