राष्ट्र बैंकका उच्च अधिकारीको शनशनीपूर्ण खुलासा, पोलिमर नोट छपाइअघि नै करौड घूस
काठमाडौं ९ पुस । नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीले १० रुपैयाँको पोलिमर नोट छाप्नुअघि नै कम्पनीबाट ‘घूस’ लिएको तथ्य फेला परेको छ।
अस्ट्रेलिययन प्रहरीको अनुसन्धान र त्सस क्रममा अख्तियारमा बुझाइएको छानविन प्रतिवेदनमा नेपाल राष्ट्र बैकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्यालले अस्ट्रेलियन डलर सात हजार ७३५ बुझेको उल्लेख भएको समाचार कान्तिपुर दैनिकमा छ।
‘नेपाल राष्ट्र बैंकले पोलिमर नोटको योजना थाल्नसाथ पौड्याल व्यक्तिगत भिसामा गोप्य रुपमा अस्ट्रेलिया गएको र नोट प्रिन्टिङ लिमिटेडका पदाधिकारीलाई भेटेर फर्केको खुलेको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘अनुसन्धानका क्रममा पुष्टि भएको इमेल पत्राचारमा पौड्यालले नोट प्रिन्टिङ अस्ट्रेलियासँग भ्रमणबापतको रकम बुझेको विवरण समावेश छ। जसमा बेरी ब्रान्डीले पौड्याललाई इमेल लेखी सात हजार ७३५ अस्ट्रेलियन डलर पठाइदिइका छन्।’