रुद्राक्ष किन्ने चिनियाँलाई गाउँ पस्न रोक - Akhabaronline
समाचार

रुद्राक्ष किन्ने चिनियाँलाई गाउँ पस्न रोक

काठमाडौ १६ कात्र्तिक । रुद्राक्षलाई महंगो मूल्यमा किन्ने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाइएपछि यहाँका किसान मारमा परेका छन्।

षडानन्द नगरपालिक क्षेत्रमा बर्सेनि करोडौंका रुद्राक्ष लैजाने चिनियाँ व्यापारीलाई गाउँ पस्न बन्देज लगाइएपछि किसानले उत्पादन गरेको रुद्राक्ष कारोबारमा समस्या आइको हो।

रुद्राक्षका दाना टिप्ने मौसममा नगरपालिकाले ल्याएको यस्तो नीतिले किसानले उत्पादन गरेको रुद्राक्षको माग घटेको छ।

भदौको पहिलो साता नगरपालिकामा जिल्ला प्रशासन कार्यालय, जिल्लाका सुरक्षा निकाय र नगरपालिकाको संयुक्त बैठकले विदेशी व्यपारीका सुरक्षाका लागि गाउँ पस्न रोक लगाउने निर्णय गरेको थियो।

यो निर्णयसँगै किसानहरूले सोचेअनुसार रुद्राक्ष व्यापार गर्न नपाएको गुनासो गरेका छन्।

‘प्रहरीले बर्सेनि नियमित रूपमा आइरहने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाएको छ’, यो खबर आजको कान्तिपुर दैनिमा छ

AKHABAR ONLINE TV 

Related Articles

Back to top button