रोजर फेडेरर हारे, आन मार्टिन डेल पोत्रो सेमिफाइनलमा - Akhabaronline
खेलकुद

रोजर फेडेरर हारे, आन मार्टिन डेल पोत्रो सेमिफाइनलमा

भदौ २२ – विश्व नम्बर चार रोजर फेडेररलई हराउँदै अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रो युएस ओपन टेनिसको अन्तिम चारमा पुगेका छन् । २४ औं बरियताका डेल पोत्रोले स्वीस फेडेररलाई ७–५, ३–६, ७–६ ९१०–८० र ६–४ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
डेल पोत्रोले अब फाइनलमा प्रवेशका लागि विश्व नम्बर एक राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् । नाडाल रुसी किशोर एन्ड्री रुबलेवलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । डेल पोत्रोले फेडेररलाई हराएसँगै युएस ओपनमा नाडाल र फेडेररले खेल्ने सम्भावना यो वर्ष पनि सकिएको छ । अहिलेसम्म यी दुई खेलडीबिच युएस ओपनमा खेल भएको छैन ।
डेल पोत्रो यस्तै छैटौं बरियताका डोमिनिक थिइमलाई हराउँदै अन्तिम ८ मा आएका थिए । सन् २००९ का च्याम्पियन डेल पोत्रोले थिइमलाई क्वाटरफाइनलमा १–६, २–६, ६–१, ७–६ र ६–४ को सेटमा हराएका थिए । डेल पोत्रोले सेमिफाइनलमा पनि प्रभावशाली प्रदर्शन गर्दै फेडेररलाई हराएका हुन् ।
यस्तै महिला एकल तर्फ अमेरिकी म्याडिसन किज अन्तिम चारमा पुगेकी छन् । १५ औं बरियताकी किजले काए कानपीलाई ६–३ र ६–३ को सेटमा हराउँदै सेमिफाइनलमा पुगेकी हुन् । यसपछिको महिला एकलको सेमिफाइनलमा सबै अमेरिकी खेलाडी पुगेका छन् । यसअद्धि कोको वान्डवे, भेनस विलियम्स र स्लोन स्टीफन्सले अन्तिम चारमा स्थान बनाएका थिए । सन् १९८१ पछि पहिलो पटक सेमिफाइनलमा चार अमेरिकी महिला पुगेका हुन् ।

Related Articles

Back to top button