काठमाडौं २४ पुस । मानव तस्करको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा पदबाट बर्खास्त भएकी छन । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राजदुत शेर्पालाई बर्खास्त गरेको हो । राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पालाई राजदुत शेर्पा र उनका श्रीमानले अमेरिका पठाउने भन्दै अष्ट्रेलिया पुराएपछि शेर्पामाथि मानव तस्करको आरोप लागेको थियो । मानव तस्करको आरोप चुलिदै गएपछि राजदुत शेर्पामाथि छानविन समिति बनाएर छानविन प्रक्रिया अगाडि बढाइएको थियो । अन्तत छानवीन समितिले राजदुत शेर्पालाई दोसी ठहराएपछि राजदुत लक्की शेर्पालाई बर्खास्त गरेको हो ।
राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । राजदूत शेर्पाले भने यो दाबी खण्डन गरेकी थिइन् । नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो ।
पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाएको वाङछुले आरोप लगाएका छन् ।