लक्ष्मीपुजा गर्नेक्रममा आगलागीहुदा भक्तपुरमा ११ लाखको क्षती - Akhabaronline
Uncategorized

लक्ष्मीपुजा गर्नेक्रममा आगलागीहुदा भक्तपुरमा ११ लाखको क्षती

भक्तपुर २२ कात्र्तिक । भक्तपुर गएराती आगलागी हुदा ११ लाख बराबरको धनमाल डडेर नष्ट भएको छ । मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित विष्णुनरसिंह ह्याजुको घरमा लक्ष्मी पूजा गर्ने क्रममा बालेको झिलिमिली बत्तीको विद्युत सर्ट भई आगलागी भएको थियो । ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुंगेलको कोठामा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको हो।

सोही घरको भुइँ तल्लामा किराना पसलको व्यवसाय गर्ने ढुंगेल लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला विद्युत सर्ट भई आगलागी भएको महानगरिय प्रहरी प्रभाग सानो थिमिका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए। आगलागीबाट करिब १० तोला सुनका गरगहना, नगद पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए।
करिव ७ः४५ बजे लागेको आगो स्थानीय, नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको दमकलको संयुक्त प्रयासले ९ बजे नियन्त्रणमा आएको थियो।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button