बाँके, ३ पुस । प्रहरीले नेपालगञ्जका चारवटा मोटर ड्राइभिङ सेन्टरमा आज छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ ।
मामाभाञ्जा, रेसुङ्गा, बागेश्वरी र बोहरा मोटर ड्राइभिङ सेन्टरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । लाइसेन्स बनाइदिने भन्दै सर्वसाधरणसँग मोटो रकम लिएको जनगुनासो आएपछि प्रहरीले आज मध्याह्न ड्राइभिङ सेन्टरमा छापा मारेको हो ।
यातायातका कर्मचारी, ट्राफिक प्रहरी र मोटर ड्राइभिङ सेन्टरको मिलेमतोमा लाइसेन्स वितरणमा व्यापक अनियमितता हुने गरेको गुनासो आएपछि छापा मारेको बताइएको छ ।
AKHABAR ONLINE TV