मेयरका उम्मेद्वार मुन्नि साहको घरमा बम विस्फोट भएको घट्नालाई लिएर बिप्लवका ३ कार्यकर्ता पक्राउ - Akhabaronline
मुख्य खबरराजनीति

मेयरका उम्मेद्वार मुन्नि साहको घरमा बम विस्फोट भएको घट्नालाई लिएर बिप्लवका ३ कार्यकर्ता पक्राउ

उदयपुर । नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकर्ता पक्राउ परेका छन । नेपाल कम्युनिष्ट पार्टी उदयुरका जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता उदयपुरमा पक्राउ परेका हुन । प्रहरीले बुधबार विहान गाईघाटबाट पार्टी सेक्रेटरी सन्तोष सुबेदी, जिल्ला सदस्य तथा कार्यालय सचिव सुरेन्द्र थापा र पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उदयपुर अध्यक्ष तथा केन्द्रीय सदस्य दुर्गा तामाङलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई सम्पर्क कार्यालयबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगेर राखेको पार्टीले जनाएको छ। पार्टी जिल्ला इन्चार्ज केदार राईले पार्टी सेक्रेटरी, कार्यालय सचिव र विद्यार्थी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यलाई पार्टी कार्यालयबाटै पक्राउ गरेर लगेको बताए । मंगलबार साँझ लाहान नगरपालिकाको मेयरका एमाले उम्मेद्वार मुन्नि साहको घरमा बम विस्फोट भएको घट्नालाई लिएर आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेको हुनसक्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयले यस कुराको पुष्टि गरेको छ । सीमाना जोडिएका सप्तरी र सिराहामा चुनाव हुन लागेकाले त्यहाँको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुगोस् भनेर नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको उदयपुर प्रहरीले जनाएको छ।
सीमाना जोडिएका जिल्लाको चुनावलाई ध्यानमा राखेर माथिको आदेश अनुसार उनीहरुलाई शान्तिपूर्ण नियन्त्रणमा लिएर राखिएको प्रहरी भनाई छ।

Related Articles

Back to top button