लाहुरेको प्रतिक्षामा रहेकी चिनुको ‘दसै राम्रो लाहुरे आउनाले..'(भिडियो सहित)
धन कमाउन परदेश गएपनि बर्ष दिनको दसैमा परिवारको साथमा बसेर दसै मनाउने परम्परा नेपाली समुदायमा रहेको छ । लामो समयदेखि भेट नभएपनि दसैमा भने सवै जना घर फर्कने हुदा दशै त्यसै पनि रमाइलो हुने गर्दछन । अफ लाहुरे घर आउदा गाउका सुन्दरीहरु खुसी हुन गरेको पनि पाइन्छ यही विषयलाई लिएर गायिका चिनु घर्तीमगरले दसै तिहार विशेष गीत दसै राम्रो लाहुरे घर आउनाले बोलको गीत लिएर आएकी छन ।
लोक दोहोरी क्षेत्रमा ख्याती कमाउन सफल गायिका चिनु घर्तीमगरले ल्याएका गीतहरु निकै चर्चित पनि छन । सुमधुर स्वरकी धनी गायिकाको स्वर अनि गीत मन नपराउने कमै होलान । उनका गीतहरु समय सापेक्ष र नेपाली सस्कृति झल्कने भएका कारण पनि उनका गीतहरु चर्चामा हुने गरेको पाइन्छ । चिनुले बजारमा ल्याएको दसै राम्रो लाहुरे आउनाले बोलको गीतलाई माधव थापाले शब्द संगीत भरेका छन । माधव थापा आपैmमा एउटा कुसल गायक भएका कारण शब्द चयन संगीत र स्वरमा निकै मेहनत गरेका छन ।
गीतमा माधव थापा, चिनु घर्तीमगर र तारा थापाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कोरियोग्राफर चक्र बरालले गरेका छन । अनुप सिशवाकोटीको सम्पादनमा बनेको म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन । अभिनयमा भने पछिल्लो सयम लोकदोहोरी क्षेत्रमा मोडलिङमा ख्याती कमाएकी मोडल रिना थापा, दिपक बस्नेत, विदुर आपगाई र नवराज ढुंगानाले अभिनय गरेका छन ।
यो छुटाउनु भयो कि
हाम्रो पालामा माया लगाउन इजी भाको छ
हेर्नुस निकै आकर्षक म्युजिक भिडियो
अन्य समाचारका लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला साथै यहाँहरु पनि यस्तै गीत संगीत ल्याउदै हुनुहुन्छ भने हामीलाई भन्नु होला हामी सपोट गर्नेछौ
,