ओखलढुंगा ७ माघ । ओखलढुंगाको लिखु गाउपालिकामा अनियमितता भएपछि कर्मचारीलाई काममा नलगाउन उच्च अदालतले आदेश जारी गरेको छ । गाउपालिका आवश्यक कानुनको तथा कार्यविधिको अभावमा भएको नियुक्तिले गाउपालिकाको बजेटको चरम दुरुपयोग हुने सम्भावना रहेको भन्ने निवेदन परेकोपछि उक्त निवेदनको अन्तिम टुंगो नलागेसम्म लिखु गाउँ पालिकामा नियुक्ति भएका शिक्षक गाउँ प्रहरी ओभरसियर सभ ओभरसियर इन्जिनियर कार्यालय सहयोगी सहित कर्मचारीलाइ तत्काल काममा नलगाउन तथा तलब नदिन समेत उच्च अदालतले आदेश जारी गरेको छ ।
गाउपालिमा ब्यापक अनियमिता एवं भष्ट्रचार भएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष लिखु गाउपालिकाका राजु खड्का लगायतका स्थानियले उजुरी गरेका थिए । उजुरीमा अनमी, अहेव र गाउप्रहरी भर्नामा अनियमितता गरेको, शिक्षा ऐन जारी गरि संघिय शिक्षा ऐन विपरित शिक्षक नियुक्ति र सरुवा गरेको, कोलचौर नर्मदेश्वर सडक र चण्डीभञ्ज्याङ्ग सीम्मले सडकमा काम नगरी रकम अपचलन गरेको उल्लेख गरिएको थियो ।