मुख्य खबर
वडा अध्यक्षका उम्मेदवारको मृत्यु
राजविराज १ असोज । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको शनिबार बेलुका निधन भएको छ ।
साबिकको देउरी भरुवा गाविस, अहिल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित थिए । उनको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिए ।
यही असोज २ गते सोमबार प्रदेश नम्बर २ अन्तर्गत सप्तरीमा हुने स्थानीय तह निर्वाचनका लागि उहाँले राजविराज नगरपालिका–१५ बाट राजपा नेपालका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
२०५४ सालमा साविकको देउरीभरुवा गाविसमा नेकपा (एमाले) को तर्फबाट उनी वडा अध्यक्ष निर्वाचित भएका भएका थिए । रासस