काठमाडौं २० पुस । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई कालोमोसो ललिएको छ । कंशकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको हुन ।
वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै कालोमोसो दलेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले जनाएको छ।
पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको जनाइएको छ।