वाइड बडी खरीदमा चार अर्ब घोटाला, निगमका कर्मचारी र सञ्चालकलाई कारबाही - Akhabaronline
राजनीति

वाइड बडी खरीदमा चार अर्ब घोटाला, निगमका कर्मचारी र सञ्चालकलाई कारबाही

 

काठमाडौं १८ पुस । संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ। वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न बनेको संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले जहाज खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको हो। उपसमितिले खरिद प्रक्रियामा संलग्न वायुसेवा निगम सञ्चालक समिति तथा निगम मूल्यांकन समितिका सबै सदस्यमाथि कारबाहीको सिफारिस गरेको आजको नागरिक दैनिकमा खबर छ।

निगमले दुइटा वाइड बडी जहाज खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले छानबिन गर्न उपसमिति गठन गरेको थियो। उपसमितिले १५ दिनसम्म अनुसन्धान गरी झन्डै चार अर्ब अनियमितता भएको फेला पारेको हो।

Related Articles

Back to top button