समाचार
वाम सरकारको उपहार- उपत्यकामै हिलो मिसिएको पिउने पानी
काठमाडौं, २१ साउन । उपत्यका खानेपानी लिमिटेड केयुकेएलको लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् ।
केयुरकेएल महाँकाल र सुन्दरीजल प्रशोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।
हिलो मिसिएको धमिलो पानी मानव स्वास्थ्यको लागि निकै हानिकारक रहेको चिकित्सकले बताए पनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकाबासीले धमिलो तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका छन् । नागरिक दैनिकमा खबर छ ।