काठमाडौं १२ पुस । परराष्ट्र मन्त्रालयले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तीमा भएको त्रुटीप्रति छानविन सुरु गरेको छ । विज्ञप्तीमा त्रुटी लेख्नेलाई कारबाही गरिने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो विषयमा छानबिन गरी संलग्नलाई आवश्यक कारबाही गरिने बताएको हो। बुधबार इन्डोनेशियाका समकक्षीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सम्वेदना पत्रमा समबेदना ह्ुनु पर्ने ठाउमा बधाइ लेखिएको थियो । मन्त्रालयले पत्रमा त्रुटि नभएको तर विज्ञप्तिमा त्रुटि भेटिएको पनि स्पष्ट पारेको छ। सम्माननीय राष्टपतिज्यूबाट इन्डोनेशियाका राष्टपतिज्यूलाई प्रेषित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा त्रुटि हुन गएको देखिन्छ। त्रुटी कसरी हुन गयो भन्ने बारे सम्बन्धित अधिकारीसँग स्पष्टीकरण माग गरिएको छ।