विदेश भ्रमणमा कर्मचारीको लर्को, कार्यालयमा रित्तो कुर्सी - Akhabaronline
समाचार

विदेश भ्रमणमा कर्मचारीको लर्को, कार्यालयमा रित्तो कुर्सी

काठमाडौ १६ कात्र्तिक । ललितपुरको बागमती गाउँपालिकाका अध्यक्षसहितको जम्बो टोली कार्यालय नै खाली गरी स्थानीय तह अवलोकन गर्न पूर्वीनेपाल भ्रमणमा निस्किएको छ। टोलीमा ३३ जना सहभागी छन्।

पाँचदिने भ्रमणमा मंगलबार निस्किएको टोलीको दार्जिलिङसम्म पुगेर शुक्रबार फर्किने योजना थियो। तर, टोली बिहीबार धरान–धनकुटातर्फ लागेको छ।

गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले इलामको विश्वशान्ति तथा रुम र झापाको बुद्धशान्ति गाउँपालिका अवलोकन गरी धरानतर्फ गएको बताए। उनका अनुसार धरान–धनकुटाका केही स्थानीय तहका काम हेर्ने योजना छ। ‘मिल्यो भने शुक्रबार नै काठमाडौं फर्कन्छौँ’, उनले भने।

कार्यालय सुनसान बनाएर जनप्रतिनिधि–कर्मचारी टोली भ्रमणमा निस्किएपछि सेवाग्राही मारमा परेका छन्। तर, कार्यालय सुनसान नबनाएको लोप्चन दाबी गर्छन्।

स्थानीय तह कसरी सञ्चालित छन् त्यो अध्ययन गर्न निस्किएकाले यसलाई नकारात्मक रूपमा नलिन लोप्चनले आग्रह गरे। उनले भने, ‘हामी विदेश गएका होइनांै। मुलुकभित्र अवलोकन भ्रमणमा गएका हौँ, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button