विवादमा तानिएकी राजदूत लक्की शेर्पा सुटुक्क काठमाडौमा , परराष्ट्र मन्त्रालय पुगेर राजीनामा दिने यस्तो तयारी - Akhabaronline
राजनीतिसमाचार

विवादमा तानिएकी राजदूत लक्की शेर्पा सुटुक्क काठमाडौमा , परराष्ट्र मन्त्रालय पुगेर राजीनामा दिने यस्तो तयारी

 

काठमाडौ १७ माघ । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन । बुधबार राती चाइना साउदर्नको फ्लाइटबाट आफनो सपरिवारको साथमा शेर्पा स्वदेश फर्केकी हुन। सरकारले दिएको दुइ साताको समय सकिन लाग्दा उनी स्वदेश फर्किएको जानकारी प्राप्त भएको छ । सरकारले राजदुत शेर्पालाई दुई साताभित्र व्यवस्थापन सकेर फर्कन निर्देशन दिएको थियो। दुई साताअघिमात्र अष्टे«लियाको राजधानी क्यानबेरा पुगेकी थिइन । तर अष्टे«लियाको बसाइमा शेर्पाले कुनै पनि कामकाजमा सारिक नभइ आफ्ना पारिवारिक व्यवस्थापनमा जुटेकी थिइन्।

क्यानबेरामा बसुञ्जेल केही नजिकका साथीभाइ इष्टमित्र मात्र भेटेकी उनले राजदूतावासका कर्मचारीलाई भने काठमाडौं फर्केर निर्णय लिने बताएकी थिइन्।
विवादमा परेपछि शेर्पाले एक महिना नेपाल बसेर प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आफूबारेका आरोपको सफाइ दिएकी थिइन्। उनलाई राजीनामा गर्न सुझाव दिइएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका थिए। सोही अनुसार अब काठमाडौ आएपछि शेर्पाले परराष्ट्र मन्त्री समक्ष राजीनामा पत्र बुझाउने जानकारी प्राप्त भएको छ ।

उनका एक निजी सहायक वाङचु शेर्पाले पैसा लिएर अस्ट्रेलिया ल्याएको र दुस्ख दिएको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा तानिएकी थिइन्। सोही विवादले उग्र रूप लिएपछि राजदूतलाई मन्त्रालयले स्पष्टीकरणका लागि नेपाल बोलाएको थियो।

AKHABAR ONLINE TV

 

Related Articles

Back to top button