विष्णु माझी गीत रेकर्ड गर्न स्टुडियो जाँदा कसैले हेर्न पाउदैनन, थप रहस्य खुल्दै - Akhabaronline
Highlightमनोरञ्जन

विष्णु माझी गीत रेकर्ड गर्न स्टुडियो जाँदा कसैले हेर्न पाउदैनन, थप रहस्य खुल्दै

काठमाडौ २४ पुस । गुमनाम रहेकी लोकप्रिय गायिका विष्णु माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङजामा उपस्थित भइन । आफना पति सुन्दरमणीको साथमा पुगेकी माझी र सुन्दर मणीको तस्विर खिच्न निशेध नै गरिएको थियो । गायिका विष्णु माझीलाई बन्धक बनाएको आरोप लागेपछि प्रहरीले सुन्दरमणीलाई प्रशासनमा हाजिर हुन भनेको थियो । हाजिर त भए तर सुन्दरमणीले प्रशासनमा दिएका जवाफ भने धेरै सकाष्पद छन । उनले सबैभन्दा पहिले त आफनो नीजि जीवनमा हस्ताक्षेप नगर्न भन्नु नै संकास्पद थियो । एउटा सेलिब्रेटी भएपछि जवाफ दिनु पर्ने ठाउमा नीजि जीवनको मामला हो भनेर धेरै कुरा लुकाउन खोजे ।

प्रशासनमा विष्णु माझीले कमै मात्र बोलिन अधिकांश प्रश्नको जवाफ शुन्दरमणी अधिकारीले नै दिएका थिए । विष्णु माझी किन कम बोलिन अनि सुन्दरमणीले नै किन प्रश्नको जवाफ दिए प्रशासनले यो कुरा तिर जान चाहेको देखिएन । बजारमा संगीतकर्मीहरुका कुरा सुन्ने हो भने सुन्दरमणीले बिष्णु माझीलाई विभिन्न दबाब दिएका छन । यदि कुरा खोलेमा जेपनि हुन सक्ने जस्ता दबाबका कारण विष्णु माझी नत मिडियासंग बोल्न सक्छिन न त अरुसंग बोल्न सक्छिन । जसका कारण माझी सुन्दरमणीको दबाबमा छन । बजारमा आएका यी हल्लालाई आधार मान्ने हो भने प्रशासनमा जानु अघि पनि सुन्दरमणीले विष्णुलाई दबाबमा नबोल्न भनेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

प्राप्त जानकारी अनुसार विष्णु माझीले एउटा गीत गाउदा ४० हजार पारिक्षमिक तोकिएको छ । त्यो पैसा सुन्दरमणीले नै लिने गरेका छन । विष्णुलाई गीत गाउन परयो भने सुन्दरमणीलाई नै पैसा बुझाइन्छ । विष्णु माझी न त मोवाइल फोनको पहुचमा छन न त सामाजिक सञ्जाल फेसबुकको नै पहुचमा छन । उनी गुमनाम छन । अझ विष्णु माझी स्टुडियोमा गीत रेकर्ड गर्न जाँदा पनि स्टुडियो नै कब्जा गरे जस्तै अरुलाई भित्र छिर्न नदिने तथा सबै पर्दाहरु बन्द गर्ने जस्ता व्यवहार गर्ने गरेको सुन्नमा आएका छन । यी हल्लालाई आधार मान्ने हो भने सुन्दरमणीले यो सब केका लागि गरिरहेका छन । अहिले सुन्दर मणीले आफनै रेकर्डिङ स्टुडियो खोलेका छन ।

विष्णु माझीलाई कार्यक्रमका लागि धेरै अफरहरु आउने गरेका छन । यदी विष्णु मा्झी स्टेज कार्यक्रममा उपस्थित हुेने हो भने करौडौको माग हुने गरेको छ । तर सुन्दरमणीले विष्णुलाई त्यो अवसर समेत नदिएको गुनासो आएको छ । यसरी विष्णुलाई सार्वजनिक नगरेका सुन्दरमणीले विष्णुलाई मात्र अफर आयो मलाई आएन त्यही भएर कार्यक्रम क्यान्सिल गरिदिएको प्रशासनलाई जवाफ दिएका सुन्दरमणीले के अब विष्णु माझीलाई पब्लिक सामु ल्याउलान त ?

केही संगीतकर्मीहरुका अनुसार विष्णु माझीको स्वर सबैको रोजाइमा पर्ने भएका कारण सामान्य परिवारकी विष्णु माझीलाई गायन क्षेत्रमा ल्याउने ब्यक्ति पनि सुन्दरमणी नै हुन । विष्णु माझीलाई गायिका बनाउन सुरुमा सुन्दरमणीले नै लगानी गरेको देखिन्छ । मौरी काटनेले हात त चाटिहाल्छ नी भने झै विणु माझीलाई सुन्दरले लगानी गरे लगानी गरेपछि फाइदा पनि लिनै पर्यो नि भन्ने खालका कुराहरु पनि आएका छन । फाइदा लिने भन्दैमा बन्धक नै बनाएर फाइदा लिनु सकरात्मक कुरा नभएको माझी समुदायका ब्यक्तिहरुको धारणा छ ।

Related Articles

Back to top button