वीरगन्जमा तनाव : विद्यार्थी र प्रहरीबीच झडप हुदा एक प्रहरी सहित ४ विद्यार्थी घाइते - Akhabaronline
Highlightसमाचार

वीरगन्जमा तनाव : विद्यार्थी र प्रहरीबीच झडप हुदा एक प्रहरी सहित ४ विद्यार्थी घाइते

काठमाडौ ११ पुस । वीरगञ्‍जमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । माईस्थान विद्यापीठ माविका विद्यार्थी र प्रहरीबीच झडप हुदा एक प्रहरी सहित ४ विद्यार्थी घाइते भएका छन्। माईस्थानका विद्यार्थीहरु विद्यालय परिसरबाट प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोध गर्दै वीरगञ्‍ज महानगरतर्फ जाने क्रममा प्रहरीसंग झडप भएको हो ।

वीरगन्ज महानगरपालिका नजिकै रहेको हरिखेतन क्याम्पसअगाडि विद्यार्थी र प्रहरीबीच झडप हुदा प्रहरीमा मुकेश यादव र विद्यार्थी तर्पm सोनी सिंह, रोहित चौरासिया, सुवेस झा र सिद्धार्थ सराथ घाइते भएको वडा प्रहरी कार्यालय श्रिपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। घाइतेहरुको हाल उपचार भइरहेको बताइएको छ।

विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि हाल विद्यार्थीहरूले घण्टाघरमाअगाडि जम्मा भएर विरोध जारी राखेका छन्। केही समयअघि प्रधानाध्यापक विनोद मेहताको सरुवा गरिएको थियो। सरुवाको विरोधमा विरोधमा सडका उत्रदा प्रहरीसंग झपड भएको हो ।

Related Articles

Back to top button