'व्वाइफ्रेण्डको खोजीमा छु तर ....' -अनिला राई - Akhabaronline
अन्तर्वार्ता

‘व्वाइफ्रेण्डको खोजीमा छु तर ….’ -अनिला राई

रंगमञ्चको दुनियामा आफनो करियर खोज्दै दिनानुदिन नयाँ नयाँ अनुहार आइरहेका हुन्छ । कतिले भविष्य यही क्षेत्रमा बनाएका छन भने कति पलायन भएर गएका छन । त्यही भिडमा अनिला राई पनि आफनो भविष्य खोज्दै यो क्षेत्रमा प्रवेश गरेकी छन । त्यही शिलशिलामा अखबार अनलाइनले अनिलासंग गरेको कुराकानीको अंश ….

उमेर भन्न मिल्छ कि ?
अहिले २३ बर्ष भएँ ।

भाग्यमा कतिको विश्वास लाग्छ ?
सबै कुरा भाग्यमा भएरमात्र पनि हुन्न । त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा पनि अर्को पाटो हो । भाग्य त एउटा बाटो देखाउने हो हिडने त आपैm हो त्यसैले म फुल्ली रुपमा भाग्यमामात्र विश्वास गर्दिन कर्ममा विश्वास गर्छु ।

चलचित्रको अफर आउछ ?
आउन त आइरहेका छन तर आफुलाई सुहाउदो हुनुपर्छ अनिमात्र काम गर्न नि सजिलो हुन्छ ।

कस्तो भूमिकामा अभिनय गर्न मन लाग्छ ?
अब म यो क्षेत्रमा सुरुवाती चरणमा भएपनि मलाई सुहाउने आफुलाई म्याच हुने खालको भए अभिनय गर्न मन छ ।

कसैको प्रेममा परिएको छ ?
आम्मै नि त कहा पर्नु नि प्रेममा परिएको छैन ।

अफर त धेरैको आउ“छ होला नि ?
यो पुर्वेली ठिटीलाई अफर त आइहाल्छन नी हा…हा… । तर प्रस्ताव आयो भन्दैमा अहिले स्वीकारेको अवस्था भने छैन । अहिले म करियर बनाउने लक्ष्य खोजिरहेकी छु प्रेम तिर सोचेको छैन ।

ब्वाइफ्रेन्ड बनाउने रहर छैन ?
अहिलेसम्म चाही बनाएकी छैन । अब बनाउनु पर्ला आफुलाई बुझने यो क्षेत्रलाई बुझने भयो भने चाही सोच्नु पर्ला ।

सेक्सलाई कसरी बुझ्न सकिन्छ ?
सेक्स एउटा प्रकेतिको नियम हो यो सबैलाई चाहिन्छ तर विहे अघिको सेक्सलाई म राम्रो मान्दिन ।

अनुभव छ कि छैन ?
अहिले चाही छैन

कसरी अभिनयमा आइयो त ?
मेरो सानैदेखिको रहर थियो । पहिले अभिनय गरेसंगै यो क्षेत्रमा आफनो करियर खोजिरहेकी छु ।

अभिनय क्षेत्रमा परिवारको सपोर्ट ?
परिवारको सर्पोट पहिले चाही खासै थिएन । अहिले चाही छ ।

प्रतिस्पर्धी बजारमा आफू कुन ठाउमा छु जस्तो लाग्छ ?
अहिले पनि म सुरुवाती चरणमा छु धेरै कुराहरु सिक्नु छ । निरन्तर सिकीरहने छु । म अभैm यो क्षेत्रमा नयाँ नै छु धेरै कुराहरु बुझदै छु । अझै मैले धेरै कुराहरु सिक्नु छ ।

कस्तो अवसरको खोजी छ ?
राम्रो कथा भएको चलचित्र र राम्रो अफुलाई सुहाउने खालको अवसरको खोजीका छु ।

Related Articles

Back to top button