शनिबार पनि कार्यालय खोलेर सेवा दिइने - Akhabaronline
मुख्य खबरसमाचार

शनिबार पनि कार्यालय खोलेर सेवा दिइने


तुलसीपुर, १७ श्रावण । आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए ।

भदौदेखि हरेक शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरेर सम्पूर्ण सेवा प्रदान गर्ने उनले बताए । । जिल्लाका दशवटै स्थानीय तहलाई शनिबार कार्यालय सञ्चालन गर्नेबारे सुझाव दिन पत्राचार समेत गरिएको छ ।

AKHABAR TV 

https://www.youtube.com/watch?v=3LStwi1iquM

Related Articles

Back to top button