मनोरञ्जन
शान्तिसेना जाँदाको क्षणलाई सन्तोष थापाले बनाए गीत, ‘तिमीबाट टाढा हुँदा’ कस्तो भयो फिलिङ (भिडियो)
काठमाडौ ५ पुस । गीतकार सन्तोष थापाको नयाँ गीत ‘ तिमी बाट टाढा हुँदा’ बोलको गीत केही दिन अगाडि सार्वजनिक भएको छ । गीतकार सन्तोष थापा नेपाली सेनामा कार्यरत छन । सरकारी नोकरी साथै फुर्सदको समयमा गीत रचना गर्ने गरेका छन । गीत संगीतलाई असाध्यै माया गर्ने सन्तोषले रचना गरेको पछिल्लो ‘तिमी बाटा टाढा ह्दा’ बोलको गीत निकै मर्मस्पर्शी गीतका रुपमा सबैले लिएका छन ।
हुन पनि हो आफुले माया गर्ने मनमुटु टाढा हुदा कस्तो पिडा हुन्छ भन्ने कुरा गीतको भावले दर्शाएको छ । गीतकार सन्तोष आफु परिवारबाट टाढा हुदा जुनबेला शान्ति सेनाको रुपमा समर्तित हुँदा विछोडको पीडाले गीत जन्माएको बताएका छन । गीतमा संगीत प्रकार चुनाराको रहेको छ । भिडीयोमा निर्दैशन भने आशिक राईले गरेका छन् अभिनय रचनाकार सन्तोष आपैm स्वयमको रहेको छ ।