हातेमालोको साहित्यिक कार्यक्रम “शाब्दिक समारम्भ” मा विपिन र ईश्वरका उत्कृष्ट गजल
काठमाडौ २० श्रावण । हातेमालोले काठमाडौमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा चर्चित गजलकारहरुले सृजनाहरु सुनाएका थिए ।
कार्यक्रम “शाब्दिक समारम्भ” मा एक पृथक साहित्यिक चहलपहल बन्यो । गजल विशेष कार्यक्रममा वर्तमान समयका सशक्त गजलकार विपिन मर्मका र ईश्वर दाहालका उत्कृष्ट गजलहरुले दर्शकहरुको मन छोएको दर्शकहरुको प्रतिक्रिया बाट प्रष्ट झल्किन्थ्यो ।
युवा गजलकार इश्वर दाहालले पनि आफ्ना उत्कृष्ट गजलहरु वाचन गरेका थिए । देश, समाज, प्रेम अनि व्यक्तिगत जीवनमा घटित विषयवस्तुहरुको उठान दाहालले आफ्ना मिठा गजलहरु मार्फत् गरेका थिए ।
गजलकार विपिन मर्मले पनि गजलका सेयरहरु आक्षरिक लयमा आफ्ना भावलाई निकै कलात्मक तरिकाले प्रस्तुत गर्नु गरे । मर्मले प्रणयशील, पारिवारिक तथा सामाजिक यथार्थता, राजनैतिक विसङ्गति, आपराधिक मनोवृति लगायत भावले भरिएका गजलहरु विपिनले प्रस्तुत गरेका थिए ।
‘शाब्दिक समारम्भ’ कार्यक्रममा १५० भन्दा बढि साहित्यकारको उपस्थिती भएको थियो यस कार्यक्रममा ६० जना भन्दा धेरैले आ आफ्ना रचना गजल कविता मुक्तक सुनाएर कार्यक्रमलाई झनै भब्य भएको थियो ।