शिक्षकको पिटाइबाट विद्यार्थीको मृत्यु, शिक्षक फरार - Akhabaronline
Uncategorized

शिक्षकको पिटाइबाट विद्यार्थीको मृत्यु, शिक्षक फरार

बारा १२ पुस । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् ।

Related Articles

Back to top button