शुन्दरीजलमा सुन पसल लुट्ने योजना असफल, सतर्कता अपनाउन व्यवसायीलाई आग्रह - Akhabaronline
समाचार

शुन्दरीजलमा सुन पसल लुट्ने योजना असफल, सतर्कता अपनाउन व्यवसायीलाई आग्रह

काठमाडौ ११ पुस ।  काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा न १ सुन्दरीजलमा गहना पसल चोरी गर्दैगर्दा स्थानीयले थाहा पाउपछि चोरी हुनबाट जोगिएको  छ  । सप्तकोशी चुनचाँदी पसल चोरी गर्दै गर्दा स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । चोरीभएको स्थानमा  तत्काल प्रहरी पुगेपछि प्रहरीलाई देखेर चोर भागेका थिए । चोरहरुले प्रयोग गरेको मोटरसाइकल र संकाष्पद ब्यक्तिलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त बौँद्ध माबुझाएको भएपनि अहिलेसम्म चोर भने पत्तो लागेको छैन । संस्काष्पद भनिएका ब्यक्तिाई प्रहरीको निग्रानीमा छोडिएको बाराह चोक व्यवसायी संघका अध्यक्ष गोकुल रोक्काले जानकारी गराए ।

अध्यक्ष रोक्काका अनुसार शुन्दरीजल आसपासमा विगत केही समयदेखि चोरीका घटनाहरु बढिरहेकोले सम्पूर्ण व्यवसायीहरुलाई सतर्क रहन आग्रह गर्दै शुन्दरीजलमा प्रहरीको सुरक्षामा चुनौती आएकोले प्रहरीको दरबन्दी समेत बढाउन आग्रह गरेका छन । हाल शुन्दरीजल प्रहरी चौकीमा ४ जनाको दरबन्दी रहेको हुदा सुरक्षा दिन नसकिरहेको अध्यक्ष रोक्काको भनाइ छ ।

सुन पसलको सटर तोडफोड गर्न सुरु गरेपछि त्यहाका वडा अध्यक्ष राम मानन्धरले प्रहरीलाई सम्पर्क गरेका थिए । समयमा प्रहरी पुगेपछि सुनपसल लुटिनबाट जोगिएपनि प्रहरीले जति सुरक्षा दिनु पर्ने हो दिन नसकेको वडा अध्यक्षको भनाइ रहेको छ । कहिले काही तत्काल पुग्नु पर्ने घटनाहरुमा पनि प्रहरी नपुग्ने गरेको उनको गुनासो रहेको छ । अध्यक्ष मानन्धर भन्छन ‘प्रहरीको दरवन्दी नै कम छ एउटा घटना घटछ उता प्रहरी जाँदा अर्कातिर हुने घटनामा जाने प्रहरी समेत नहुदा सुरक्षामा चुनौती देखिएको छ । यसलाई मध्यनजर गर्दै प्रहरीको दरबन्दी थप्न सके स्थानीयलाई राहत पुग्ने थियो ।’

प्रहरीको उपस्थिती कम हुदा स्थनीयले सुरक्षाको अनुभूती गर्न सकिरहेका छैनन । सुन पसल तोडफेड गरेको देख्दा पनि  पनि अफनो असुरक्षा हुने भएका कारण स्थानीय फिल्डमा उत्रन सकेनन । यदी परेको र  भनेको सयममा प्रहरीको उपस्थित हुने हो भने चोरी डकैती जस्ता घटना न्युनिकरण हुने स्थानीयहरुको भनाइ छ ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button