शुभेच्छा थापाको ‘निर्जला’मा समावेश ‘भाले मोटर’ सार्वजनिक हेर्नुहोस भाले मोटर कस्तो बन्यो (भिडियो सहित) - Akhabaronline
मनोरञ्जन

शुभेच्छा थापाको ‘निर्जला’मा समावेश ‘भाले मोटर’ सार्वजनिक हेर्नुहोस भाले मोटर कस्तो बन्यो (भिडियो सहित)

काठमाडौ १७ श्रावण । चर्चित नायिका शुभेच्छा थापाको अभिनय रहेको चलचित्र ‘निर्जला’ यतिबेला निकै चर्चामा छ । नायिका थापाले अहिलेसम्मै सबैभन्दा राम्रो अभिनय गरेको उक्त चलचित्रले उनलाई थप उचाइमा पुराउने अनुमान लगाउन सकिन्छ । दसैको फुलपातीलाई लक्षित गरिएको उक्त चलचित्रको पहिलो गीत रिलिज भएको छ।

काठमाडौमा आयोजित एक समारोहका बीचमा चलचित्रमा समावेश गरिएको ‘भाले मोटर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा चलचित्र निर्जलाका नायक किशोर खतिवडा, नायिका शुभेच्छा थापा र निक शर्मालाई फिचर्ड गरिएको छ। निर्देशक राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रका प्रस्तुतकर्ता प्रकाश चन्द्र न्यौपाने हुन् । निर्जलामा कार्यकारी निर्माताको रुपमा नायिका शुभेच्छा थापा नै रहेकी छन्।
सोझी गाउँले युवतीको सोच, सपना र संघर्षको कथामा निर्माण भएको चलचित्र निर्जलामा लभ, कमेडी र एक्सन समावेश गरिएको छ। ‘निर्जला’मा शुभेच्छम थापाको कथा, रवि कोइरालाको छायांकन, अशोक खड्काको द्धन्द्ध, कमल राई, क्रान्ति केसीको नृत्य निर्देशक, तारा थापा किम्भेको सम्पादन रहेको छ।

निर्जलामा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माका अलवा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल,बालकलाकार सागर गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

 

AKHABAR TV 

Related Articles

Back to top button