शुशीला कार्कीको फैसला विरुद्ध पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाद्धारा सर्वोच्चमा रिट - Akhabaronline
Highlightमुख्य खबर

शुशीला कार्कीको फैसला विरुद्ध पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाद्धारा सर्वोच्चमा रिट

काठमाडौं ६ पुस । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको पैmसला विरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंह सर्वोच्चमा पुगेकी छन । आप्mले पाएको दाइजो बापतको सम्पत्ति नेपाल ट्रष्टको नाममा हुने गरि तत्कालीन प्रधानान्याधीश कार्कीले गरेको पैmसला विरुद्ध विरूद्ध सर्वोच्च अदालतमा रिट हालेकी छन् । आफ्नो मुद्दालाई संवैधानिक इजलासबाट नहेरी पूर्ण इजलासबाट हेरिएको जिकिर गर्दै प्रेरणाले सर्वोच्च अदालतमा रिट हालेकी हुन् ।

प्रेरणालाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारी हुने गरि तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले २०७३ साल पुस २१ गते फैसला गरेको थियो।

त्यसअघि पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनकै भाइ ज्ञानेन्द्रकी छोरीले दाइजो पाएका भन्दै उनैको नाममा हुने गरी फैसला गरेका थिए।

उक्त फैसलामाथि पुनरावलोकन गर्दै तत्कालिन प्रधानन्यायाधीश कार्कीले गरेको फैसलाले आफूलाई अन्याय गरेको प्रेरणाको रिटमा उल्लेख छ।

उक्त इजलासको अन्तिम आदेशका आधारमा गरिएका पत्राचार कार्यान्वयन नगर्न र घर कम्पाउण्डबाट आफूलाई हटाउने कार्य नगर्न अन्तरिम आदेशको माग गरेकी छन् ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=_oW-rjzXfN4

Related Articles

Back to top button