शेयरबजार दोहोरो अंकले ओरालो - Akhabaronline
Highlightसेयर बजार

शेयरबजार दोहोरो अंकले ओरालो

काठमाडौ २३ श्रावण । आज सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १७।६८ अंकले घटेर २१०६।१५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २१४ कम्पनीमा ६५ लाख २७ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २० करोड ७१ लाखको कारोबार भएको छ भने नबिल बैंकको १० करोड ८५ लाखको कारोबार भएको छ । त्यस्तै नागरिक लगानी कोषको ८ करोड २१ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको ७ करोड ६५ लाखको कारोबार भएको छ ।

आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने युनिलिभरको शेयर मूल्य ५।५९ प्रतिशतले बढेको छ । आज जानकारी फाइनान्सको शेयर मुय सर्वाधिक ४।३१ प्रतिशतले घटेको छ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

Related Articles

Back to top button