शेर्पा सञ्चार समूहको ६ दिने फोटोग्राफी तालिम सम्पन्न - Akhabaronline
समाचार

शेर्पा सञ्चार समूहको ६ दिने फोटोग्राफी तालिम सम्पन्न

-छिरिङ शेर्पा

काठमाडौ ७ पुस । शेर्पा सञ्चार समूह नेपाल आयोजना गरेको ६ दिने फोटो ग्राफि तालिमको समापन गरेको छ । शनिबार राजधानीको बौद्ध तिनचुलीमा आयोजित समापन समारोहमा विभिन्न देशका महाबाणिज्यदुतका प्रतिनिधि आङछिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा, टानका महासचिव आङपेम्बा शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा तथा बरिष्ठ उपाध्यक्ष आङडोमा शेर्पा, आदिवासी जनजाती पत्रकार महासंघका महासचिव मनोज घर्ती मगर लगायतका अतिथिहरु सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि आङछिरिङ शेर्पाले प्रशिक्षणले मानिसहरुलाई नयाँ उर्जा प्रदान गरेको भन्दै प्राप्त उपलब्धीलाई ब्यबहारमा पनि लागु गर्न आग्रह गरे । फोटोग्राफी तालिम लिएपछि यसलाई निरन्तरता दिदै जानु पर्ने बताए । उनले भने ‘सर्टिफिकेट लिएर भित्तामा मात्र टास्ने भन्दा पनि आफुले प्राप्त गरेको शिप अनुसार काम गर्नु आफुलाई फाइदा हो ।’ त्यसैगरी कार्यक्रममा बोल्दै ङिमी शेर्पाले जनजातीहरुको आवाज पछाडि परिरहेको अवस्थामा शेर्पा सञ्चार समूह नेपालले उल्लेखनीय भूमीका खेलिरहेको बताइन । उनले अष्ट्रेलियका लागि नेपाली राजदुत लक्की शेर्पाको विषयलाई जोडदै शेर्पाहरुको आफनो मौलिक पहिरनलाई तिव्वती पहिरन भनीएको प्रति आपत्ति जनाउदै राजदुत लक्की शेर्पाप्रति मानव तस्कर भन्ने शब्द प्रयोग गर्नु असान्दर्भिक भएको बताइन । लक्की शेर्पाले लगाएको पहिरनलाई तिव्वती पहिरन भनी विभिन्न समाजिक सञ्जालमा भाइरल बनाइएको थियो ।

त्यसैगरी टानका महासचिव आङपेम्बा शेर्पाले शेर्पाहरुको पहिचान विश्वस्तरमा रहेको बताउदै शेर्पाहरुले आफनो देशलाई विश्वस्तरमा चिनाउन सफल भएको बताए । उनले ट्रेकिङ गाइडको लाइसेन्स नलिइकन ट्रेकिङ गाइड गरिरहेको बताउदै लाइसेन्स लिएरमात्र गाइड गर्न गाइडहरुलाई आग्रह गरे । त्यसैगरी कार्यक्रममा फोटोग्राफीका प्रशिक्षक राज भाइ सुवालले तालिम प्रदान गर्दा शेर्पा समूदायको धेरै ज्ञान पाएको बताउदै तालिममा आफनो समूदायबाहेक अन्य समूदायलाई पनि सहभागी गराउन सके प्रभावकारी हुने बताए । आदिवासी जनजाती पत्रकार महासंघका महासचिव मनोज घर्ती मगर ले राष्ट्रिय स्तरको सञ्चार माध्यममा जनजातीहरुको सहभागीता कम भएको बताउदै सम्बन्धित समुदायबाट आएका पत्रकारहरु भएको खण्डमा समुदायको चित्रण प्रभावकारी हुने बताए ।


शेर्पा सञ्चार समूह नेपालका अध्यक्ष निमलेकी शेर्पाले तालिमबाट प्राप्त गरेको अनुभवलाई आगामी दिनमा आफनो व्यवहारमा उतार्दै जान प्रशिक्षार्थीहरुलाई आग्रह गरिन । संस्थाले आगामी दिनहरुमा विभिन्न प्रशिक्षणहरु सञ्चालन गर्ने तथा फोटो प्रतिस्पर्धा गर्ने बताइन । कार्यक्रममा ६ दिने तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

Related Articles

Back to top button