११ बर्षिया बालिका भक्तपुरबाट बेपत्ता ! - Akhabaronline
समाचार

११ बर्षिया बालिका भक्तपुरबाट बेपत्ता !

काभ्रेपलाञ्चोक, १ माघ । मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् ।

कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिए । नगरकोट, काठमाडौ मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा भेट्न नसकिएको प्रधानाध्यापक श्रेष्ठले बताए ।

शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ । बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताएका छन ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c

Related Articles

Back to top button