संगीतकार पूर्ण गुरुङको दुवै मृगौल फेल, उपचारमा कठिनाई - Akhabaronline
Uncategorized

संगीतकार पूर्ण गुरुङको दुवै मृगौल फेल, उपचारमा कठिनाई

एक जमानामा निकै चर्चामा आएका गीत ‘पानसमा बत्ति बालेको’ ‘दमौलीमा गेट’ गीतका एरेन्जर, संगीतकार पूण गुरुङ यतिबेला हस्पिटलको बेडमा छन । उनका दुबै मृगौलाले काम नगर्ने भएपछि उपचारका लागि विगत एक महिनादेखि अस्पतालको बेडमा छन । १० बर्ष पहिले पनि उनले मृगौला ट्रान्सफर गरेका थिए । त्यसबेला पनि उनले १२ लाख सकिएको थियो । तर अहिले भने उनका दुवै मृगौलाले काम नगर्ने भएपछि उनी माथि संकट आइलागेको छ । उनी जीवन र मरणको संघारमा छन । एक महिनादेखि हस्पिटलमा बस्दा करिब चारपाँच लाख सकियो । अब मृगौला प्रत्यारोषण गर्नका लागि १२ लाख खर्च लाग्ने बताइएको छ । उक्त पैसा गुरुङसंग नभएपछि उनी सहयोगी हातहरुको पर्खाइमा रहेका छन । ४ देखि ६ महिनाभित्र मृगौला प्रत्यारोपण गर्नु पर्ने डक्टरको सल्लाह छ । यदि त्यो समयमा उनले मृगौला प्रत्यारोपण गर्न नसेनन भने उनको जीवन र मरणको केही ठेगान हुनेछैन । उनलाई सहयोग गर्ने कोही पनि छैन । आफन्त नै पराइ भएपछि उनी मृत्युलाई कुरिरहेका छन । उनी भन्छन आफुसंग उपचार गर्ने खर्च छैन कसैले सहयोग गरे केही समय बाच्ने थिए । आफुले कमाएको सबै पैसा पहिले मृगौला टान्सफ गर्दैमा सकियो । अहिले यो अवस्थामा पुगियो ।
गुरुङले दुइ हजारभन्दा बढी गीतमा संगीत भरेका छन । दर्जनौ गीतमा स्वर दिएका छन । उनले गाएका गीत रेडियो नेपालमा अभैm पनि कालजयी छन । उनले संगीत गरेका गीत अनि तीनै गीत गाउने गायक गायिकाहरु अहिले धैरै माथि पुगेका छन । तर उन ीभने अस्पातालको एउटा छिडिमा उपचार खर्च जुटाउन नसकेर जीन्दगी गुजारी रहेका छन । उनले संगीत गरिदिएका गायक गायिकाले नै उनलाई सहयोग गर्ने हो भने पनि उपचार सम्भव देखिन्छ । तपाइ हामी सबैको सानो सहयोगले संगीतकार पूण गुरुङको जीवन बचाउन सकिन्छ भने यस कार्यमा हामी सबैले सहयोग गर्न आवश्यक छ । पूर्ण गुरुङको उपचारमा सहयोगको लागि कुमारी बैक पुतलीसडकमा रहेको पूर्णकुमार गुरुङको बैक खाता नम्बर K३६०८० A मा सहयोग गर्न सक्नु हुनेछ तथा हामी मार्फत प्रतक्ष्य पनि सहयोग गर्न सक्नुहुनेछ । तपाइले दिएको सहयोग हामी यसै अनलाइन मार्फत सर्बजनिक गर्ने छौ । जसका लागि तपाइले ९८४१५३३१०२, ९८५१०४३९६७, ९८५१२७४४९९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button