संसदीय सुनुवाइ समितिद्धारा राजदूतमा सिफारिस तीन जनाको नाम अनुमोदित - Akhabaronline
मुख्य खबरराजनीति

संसदीय सुनुवाइ समितिद्धारा राजदूतमा सिफारिस तीन जनाको नाम अनुमोदित

काठमाडौं ८ माघ । संसदीय सुनुवाइ समितिले तीन जना राजदूतको नाम अदमोदन गरेको छ। समितिले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना र स्वीट्जरल्यान्डका लागि मणिप्रसाद भट्टराईको नाम अनुमोदन गरेको हो।

तीनैजना राजदूतको सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। अब राजदूत सिफारिस गर्दा समावेशी रूपमा नगरेकोमा सरकारलाई सचेत गराउने र आगामी दिनमा सिफारिस गर्दा समावेशी रूपमा गर्न निर्देशसमेत दिएको छ।
यसअघि गणेशप्रसाद ढकाल थाइल्यान्ड र दीपक अधिकारी फ्रान्सका लागि राजदूतमा अनुमोदित भइसकेका छन्। समितिको बिहीबारको बैठकले दुवैको नाम अनुमोदन गरेको थियो।

Related Articles

Back to top button