काठमाडौं १३ माघ। पूर्वराजा ज्ञानेन्द्र शाहले आफनो सक्रियता बढाउन थालेका छन । पोखरामा दुइहप्ता भन्दा बढी समय विताएका पूर्वराजा ज्ञानेन्द्र पूर्वको यात्रा सुरु गदैछन । पूर्वराजा शाह आज अपरान्ह ४ बजे सिमरा प्रस्थान गरेका छन । सिमरालाई केन्द्र बनाएर वरपरका जिल्ला भ्रमणका लागि पत्नी कोमल शाहसहित उनी त्यसतर्फ प्रस्थान गरेका छन । सिमरा रहँदा बालसखा तथा सल्लाहकार प्रभु शमशेर राणाको निवासमा रहनेछन् ।
सिमराको बसाइपछि पूर्वराजा शाह त्यहीबाट उनी पूर्वी तराईको झापाको दमकस्थित आफ्नो चियाबगानमा जानेछन्। मुलुक गणतन्त्रमा प्रवेश गरिसकेपछि सहज सत्ता हस्तान्तरण गरेका पूर्वराजा शाह पछिल्लो समय निकै सक्रिय भएको देखिन्छ । उनी पश्चिमको लामो भ्रमणपछि पूर्वको यात्रा गर्न लाग्दा त्यसलाई निकै महत्वमका साथ हेरिएको छ ।
