सञ्चलाल वाइवाको सनसनीपूर्ण खुलासा परिवारका सदस्यले भन्छन 'आश्रममा हत्या भएको होइन' (भिडियो सहित) - Akhabaronline
Highlightमुख्य खबरसमाचार

सञ्चलाल वाइवाको सनसनीपूर्ण खुलासा परिवारका सदस्यले भन्छन ‘आश्रममा हत्या भएको होइन’ (भिडियो सहित)

 

काठमाडौ १३ माघ । तपस्वी रामबहादुर बम्जनको आश्रममा हत्या गरिएको भनिएका हेटौडाका सञ्चलाल वाइवाको हत्या सम्बन्धी तथ्य बाहिर आउन सकेको छैन । वाइवाको कि लास कि शास भन्दै परिवारले प्रशासन समक्ष खोजतलास गर्न निवेदन गरेपनि अहिलेसम्म कुनै ठोस प्रमाण नभेटेपछि सञ्चकुमार वाइवा जीवित छन या मृत्यु छन भन्ने कुनै तथ्य बाहिर आएको छैन । परिवारले प्रशासन समक्ष निवेदन गरेपछि गत पुस २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँको तोड्केस्थित आश्रममा छापा मारेको थियो ।

प्रशासनले बम्जनको सिन्धुपाल्चोकको आश्रममा सञ्चलालको शब गाडिएको भनिएको ठाउ उत्खनन गर्दा ९ प्याकेट नुनका प्लाष्टिक पाइएको प्रहरीले बताएको थियो । सुराकीका आधारमा सञ्चलालको शब गाडिएको स्थानबाट प्रहरीले पयाप्त प्रमाणहरु फेला पार्न सकेको छैन । तर सञ्चलालको परिवारमा भने सञ्चलालको हत्या आश्रममा नभएको बताएका छन । हेटौडास्थित कुख्रेनीखोला नजिकै रहेको घरमा पुग्दा सञ्चलालकी बुहारी उर्मिला वाइवाले ससुरा सञ्चकुमार वाइवाको हत्या आश्रममा नभएको र बम्जनको आश्रममा कुनै हत्या हुन नसक्ने बताएकी छन । उनले आफनो ससुराको बम्जनले हत्या गरेको भनेर कहिल्यै नभनेको तर विभिन्न सञ्चारमाध्यमहरुला नकरात्म भ्रम पैmलाएको बताएकी छन ।
उर्मिला वाएवासंग गरिएको अन्तरवार्ता हेर्नुहोस

https://www.youtube.com/watch?v=5s2H6U_gjio&t=242s

Related Articles

Back to top button