सत्तापक्ष नै सभामुख महरासँग ‘सशंकित’ - Akhabaronline
मुख्य खबरराजनीति

सत्तापक्ष नै सभामुख महरासँग ‘सशंकित’

काठमाडौँ १० माघ । कांग्रेस सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने, ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु ।’ सांसदहरु गलल्ल हाँसे ।’ श्रेष्ठ होइन सिंह’ फ्लोरबाट आवाज आएपछि महराले भने, ‘सरी, सरी सिंह ।’ त्यसपछि कांंग्रेस नेता सिंह बोल्न थाले । आज त सभामुखज्यू सुरुमै चिप्लिनुभयो भन्दै मंगलबार संसद्मा गाइँगुई चल्यो ।

संसदीय प्रक्रियामा हरेक दिनजसो ‘चिप्लिँदै’ आएका छन् , सभामुख महरा । संसदीय प्रक्रियामा ‘चिप्लनु र अपरिपक्वता’ प्रदर्शन गर्नु महराको सामान्य नियतिजस्तै बनेको छ । तर मंगलबारको उनको गतिविधि लाई अपरिपक्वता वा सामान्य चिप्लाई मात्र मान्न तयार छैन, सत्तापक्ष । कांग्रेसले संसद् अवरोध गर्ने जान्दाजान्दै महराले विधेयक पारित गर्न आवश्यक प्रबन्ध नगरेको सत्तापक्षको आशंका छ ।

सत्तापक्षका नेताहरुसँग सल्लाह नै नगरी एकाएक सूचनामार्फत बैठक स्थगित गरेको भन्दै सत्तापक्ष उनीप्रति सशंकित छ ।

Related Articles

Back to top button