काठमाडौं ९ पुस । अस्ट्रेलियाको विग ब्यास लिगमा सानदार डेब्यू गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । ४ ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन् । ४ ओभर बलिङ गरेका सन्दीपले २४ रन दिएर ३ विकेट लिएका हुन् ।
पहिलो ओभरमै विकेट लिन सफल भएका उनले त्यसपछि २ विकेट लिएका हुन्। मेलबर्न स्टार्सका लागि पावर प्ले पछिको पहिलो ओभरको तेस्रो बलमा सन्दीपले विकेट लिन सफल भएका हुन्। सन्दिपले सातौ ओभरमा ५ रन खर्चिएर १ विकेट लिएका हुन्।
त्यस्तै दोस्रो ओभरमा सन्दीपले एक चौकासहित ७ रन दिए । व्यक्तिगत तेस्रो ओभरको दोस्रो बलमा कप्तान म्याथ्यु वाडको विकेट लिए। ५३ रन बनाएर खेलिरहेका म्याथुलाई क्याच आउट गराए। उनले यो ओभरमा एक छक्कासहित ८ रन खर्चिए।
लामिछानेको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको हो।