सपथ खाएसंगै रेशम चौधरी जेल चलान - Akhabaronline
Highlightमुख्य खबरसमाचार

सपथ खाएसंगै रेशम चौधरी जेल चलान

काठमाडौ १९ पुस । राजपाका सांसद रेशम चौधरीले सपथ लिएसंगै जेल चलान भएका छन । बिहिबार संसद् सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराबाट शपथ लिएका सांसद चौधरीलाई सपथ सकिएसंगै प्रहरीले भ्यानमा राखेर डिल्लीबजार कारागारमा लगेको छ । सपथसंगै जेल जाने पहिलो सांसद बनेका छन । सपथ लिएपछि चौधरीले खुसी व्यक्त गरेका हुन्। उनले शपथ ग्रहणपछि जेल जाने पहिलो व्यक्ति भएको समेत दाबी गरे। भने, ‘शपथ लिएपछि जेल जाने पहिलो व्यक्ति मै हुँ।’

राजपाको सांसद चौधरी गत निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । शपथ ग्रहणका लागि डिल्लीबजार कारागारबाट कडा सुरक्षाबीच उनलाई संसद् सचिवालय पुर्‍याइएको थियो । शपथग्रहण गराइसकेपछि उनलाई सुरक्षाकर्मीले बाक्लो घेरा हाली गाडीमा चढाएर डिल्ली बजार कारागार लगिएको छ ।

Related Articles

Back to top button