समाजसेवी गोकुल रोक्काद्धारा जन्म दिनको अवसर पारेर विद्यालयलाई सहयोग
काठमाडौ ८ पुस । कलाकार तथा समाजसेवी गोकुल रोक्काले आफनो जन्म दिनको अवसर पारेर काठमाडौको सुन्दरीजल नयाँपाटी स्थित रामजानकी निम्न माध्यमिक विद्यालयलाई सोफासेट सहयोग गरेका छन । रोक्काले विद्यालयलाई २५ हजार मूल्य बराबरको सोफासेट विद्यालयलाई हस्तान्तर गरेका हुन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका रोक्का व्यवसायी हुन । उनी एक राजनीतिक ब्यक्ति पनि हुन । व्यवसाय राजनीति तथा कलाकारिता एकैसाथ अगाडि बडेका गोकुल रोक्का रोक्का सेवा समाजका अध्यक्ष समेत रहेर सामाजिक काममा क्रियाशिल रहदै आएका छन । यसरी निरन्तर समाज सेवा गर्दै आएका गोकुल रोक्काले प्रत्येक बर्ष आफनो जन्मदिनको अवसरमा विभिन्न विद्यालय तथा आश्रमहरुमा सहयोग गर्दै आएका छन ।
गत बर्ष रोक्काले काठमाडौको गोकर्णस्थित संयुक्त अपाङ एकता आवास केन्द्रका बालबालिकाहरुको लागि सुत्नको लागि फलामका खाट तथा खाना खाने डाएनिङ टेवल सहयोग गरेका थिए । यस बर्ष रोक्काले रामजानकी माध्यमिक विद्यालयलाई सोफा सेट हस्तान्तरण गरेका हुन । राम जनकी स्कूलको भवन निर्माण गर्ने बेलामा पनि रोक्काले उक्त स्कूलको भवन निर्माण गर्न २ महिना श्रमदान गरेका थिए । हाल उक्त विद्यालयको अवस्था सुधार आएको छ । भने अझ सुधार यही माघ २२ गतेदेखि सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुदैछ । उक्त सप्ताहमा नवराज भट्टराईले कथा वाचन तथा प्रवचन सुनाउने छन ।