सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - Akhabaronline
Highlightअर्थसेयर बजार

सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं १७ श्रावण । सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन हो। कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवार लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन्।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसमध्ये ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा प्रतिकित्ता १०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलसँगै सी(आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

Related Articles

Back to top button