सरकारका गतिविधिको विरुद्ध तरुण दलले देशब्यापी विरोध गर्ने, यस्तो छ कार्यतालिका - Akhabaronline
राजनीति

सरकारका गतिविधिको विरुद्ध तरुण दलले देशब्यापी विरोध गर्ने, यस्तो छ कार्यतालिका

काठमाडौ २७ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारको काम गराइप्रति देशव्यापी विरोध गर्ने बताएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै तरुण दलले बर्तमान सरकारले अधिनायकवाद लादेको भन्दै हत्या हिंसा बलात्कार र भष्टचार जस्ता घटनामा छानवीन गर्न नसकेको भन्दै केन्द्रीय समितिले देशभरका सात वटै प्रदेशमा विरोध प्रदर्शन गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।

तरुण दलका केन्द्रीय महासचिव भुपेद्रजंग शाहीको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘सरकारको अधिनायकबादाी चरित्र, भैष्ट्राचार, निर्मला पन्तको हत्या काण्ड, वाइडबढी जस्ता भष्ट्राचार लगायतका गैरकानुनी अलोकतान्त्रिक रबैयाको विरुद्धमा देशभर विरोध गर्ने निर्णय भएको बताइएको छ ।

विज्ञप्तीमा उल्लेख भएअनुसार माग ८ गते प्रदेश १ को राजधानी विराटनगर माघ ९ गते प्रदेश २ को राजधानी जनकपुर, माघ १० गते प्रदेश ३ को राजधानी हेटौडा, माघ ११ गते गण्डकी प्रदेशको राजधानी पोखरा, माघ १२ गते प्रदेश ५ राजधानी भैरहवा, माघ १३ गते कर्णाली प्रदेशको राजधानी सुर्र्खेत र माघ १४ गते ७ नम्बर प्रदेशको राजधानी धनगढीमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।
हेर्नुहोस विज्ञप्ती

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c

Related Articles

Back to top button