सरकारले चलाउन नसकेपछि पछि पाँच उद्योग निजीकरण गरिदै - Akhabaronline
समाचार

सरकारले चलाउन नसकेपछि पछि पाँच उद्योग निजीकरण गरिदै

काठमाडौ २५ पुस । बन्द रहेका पाँचवटा औद्योगिक संस्थान निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सरकारले तयारी थालेको छ। भौतिक सम्पत्ति सरकारकै हुने गरी निजी क्षेत्रलाई ुलिजुमा दिन अर्थ मन्त्रालयले सहमति दिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित भएको छ ।

सरकारले पहिलो चरणमा पाँचवटा रुग्ण उद्योग निजी क्षेत्रलाई दिन लागको हो। अर्थ मन्त्रालयले हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग र वीरगञ्ज चिनी उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्न दिन उद्योग मन्त्रालयलाई सहमति दिइसकेको स्रोतले जानकारी दियो।

उद्योग वाणिज्य तथा आपूर्तिम मन्त्रालयमा अहिले कस्तो कार्यविधि बनाएर सञ्चालपन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको छ। मन्त्रालयका सहसचिव दिनेश भट्टराईका अनुसार रुग्ण उद्योग सञ्चालनका लागि सरकारले लामो तयारी गरिरहेको छ। त्यसका लागि निजी क्षेत्र नै उत्तम भेटिएकाले त्यसमा सरकारले तयारी थालेको हो।

AKHABAR ONLINE TV

Related Articles

Back to top button