काठमाडौं ३० पुस । सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले विरोधमा जन आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारलाई हटाउन पनि आन्दोलनको जानुको विकल्प नरहेको तर्क पनि गरे। मोर्चाले सरकारविरुद्ध आगामी फागुन ७ गतेबाट ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा पनि गरेको छ।