सरकारी सेवा सुविधा नलिने छेपाल शेर्पाको उदघोष - Akhabaronline
Uncategorizedमुख्य खबरराजनीतिसमाचार

सरकारी सेवा सुविधा नलिने छेपाल शेर्पाको उदघोष

जसपा नेपालबाट खिजीदेम्बा गाउँपालिका वडा नंं २ का अध्यक्ष पदका उम्मेदवार छेपाल शेर्पाले आज आफ्नै वडामा भएको चुनावी भेलामा जनतालाई सम्बोधन गर्दै आफूले पद सम्हाले पछि पाउने कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले आफुले पाउने सम्पर्ण सेवा सुविधा बापतको रकम छुट्रटै एकाउन्ट खोली अनाथ बालबालिकाको शिक्षामा लगाउने प्रतिवद्धता जाहेर गरेका हन् ।
कार्यक्रममा बोल्दै उनले आफ्नो गाउँमा भएको चिया खेतीको विस्तार गर्दै समग्र वडालाई नै दोस्रो इलामको रुपमा चिनाउने र वडालाई आर्थिक रुपमा सवल बनाउने घोषणा गरे । उनले भने , “चिया खेतीसंगै प्रशोधनलाई पनि ध्यान दिइनेछ र यहिंकोै चियालाई छुट्टै बा्रन्डको रुपमा बजारीकारण पनि गरिनेछ ।”
छेपाल शेर्पा विगतमा नेपाली काग्रेस पार्टीमा थिए । उम्मेदवारी दर्ताको नजिकै उनले काग्रेस परित्याग गरी जसपामा प्रवेश गरी जसपाबाटै वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । जसपाले आफू र आफनो योग्यतालाई उचित स्थान प्रदान गरेकोमा उनले पार्टी र माथिल्लो नेतृत्व पंक्तिका सवैप्रति आफू अनुग्रिहित रहेको पनि बताए । वडावासीलाई संवोधनमा उनले छाता चिन्हमा मत दिएर आफू लगायत सवै टिमलाई सेवाको मौका दिन पनि अनरोध गरे ।

Related Articles

Back to top button