सरकार विरुद्ध ओखलढुंगामा नेविसंघको प्रदर्शन, राँके जुलुस निकालेपछि प्रहरीद्धारा लाठी चार्ज - Akhabaronline
Highlightराजनीति

सरकार विरुद्ध ओखलढुंगामा नेविसंघको प्रदर्शन, राँके जुलुस निकालेपछि प्रहरीद्धारा लाठी चार्ज

ओखलढुंगा १६ माघ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ ओखलढुंगाले सरकार विरुद्ध प्रदर्शन गरेको छ । बुधबार साँझ राँके जुलुस सहित प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठी चार्ज समेत गरेको छ । जिल्लाको सदरमुकामस्थित गणेशचोकमा प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तामाथि प्रहरीले हस्ताक्षेप गरी लाठिचार्ज गरेको हो ।
बुधबार साँझ राँके जुलुस निकालेर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि राँको बोकेर प्रदर्शन गरिरहेका नेविसंघका कार्यकर्ता तितरवितर भएका थिए । प्रहरीले लाठि चार्ज गरेपछि गणेशचोक केहीवेर तनावग्रस्त बनेको थियो ।

‘सरकारका पछिल्ला क्रियाकलाप, गोविन्द केसीका माग, निर्मला हत्या काण्डलगायतका विषयलाई लिएर नेविसंघले आन्दोलन गरेको हो । नेविसंघले प्रदर्शन गर्ने थहा पाएपछि सदरमुकाम स्थित बजारमा विभिन्न स्थानमा दर्जनौँ प्रहरी, सशस्त्र प्रहरी खटिएका थिए । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा जितेन्द्र कार्की लगायत दर्जनौ बिद्यार्थी नेताहरु घाइते भएको जानकारी प्राप्त भएको छ ।

AKHABAR ONLINE TV (ATV)

Related Articles

Back to top button