सरकार विरुद्ध तरुणदलको प्रदर्शन जनकपुरमा - Akhabaronline
Highlightमुख्य खबरसमाचार

सरकार विरुद्ध तरुणदलको प्रदर्शन जनकपुरमा

जनकपुरधाम ९ माघ । सरकार विरुद्ध नेपाल तरुण दलले प्रदर्शन सुरु गरेको छ । तरुण दलले बुधबार प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ। ओली सरकारले भ्रष्टाचार, अपराधिकरण, महँगी, मूल्यवृद्धि, प्रेसमाथिको हस्तक्षेपलगायतको विषयमा अनुदार बन्दै गएकोप्रति विरोध जनाउदै सरकारको विरुद्धमा प्रदर्शन गरेको हो।
कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र, बढ्दो भ्रष्टाचार, महँगी, वाइडबडी खरिदमा अनियमितता, निर्मला पन्तका हत्यारालाई ढाकछोप लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा प्रदर्शन गरिएको जानकारी दिए।

 

Related Articles

Back to top button